विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्व अखिल छैठौं

बुटवल, जेठ १० गते । विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयबिरुद्द अखिल छैठौं सडक आन्दोलनमा उत्रिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) ले विद्यार्थी सङ्गठन खारेजीविरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णगरेकै दिनदेखि अखिल छैठौं निरनतर आन्दोलनमा छ, यो निर्णय सरकारले फिर्ता नर्गदासम्म आन्दोलनलाई निरनतरता दिने अखिल छैठौंका अध्यक्ष सुभाष जीसीले बताएका छन् ।

अध्यक्ष जीसीले राजा महेन्द्रको पालादेखि बस्दै आएको भारतीय सेना हटाउन र सीमाविवाद हल गर्नेक्रममा सरकारले भारतीय साम्राज्यवादसामु घुँडा टेक्न नहुने आवश्यकतामा जोड दिए ।

युद्धका कारण पेट्रोलियम पदार्थ महँगिएको बहानाबाजी नगर्न सरकारलाई सचेत गराउँदै बुढाले सरकारले इन्धनमा लिँदै आएको भ्याट, भन्सार शुल्क, पूर्वाधार विकास कर, वातावरण कर र सडक मर्मत करजस्ता अत्यधिक कर कटौती गरी तत्काल महँगी नियन्त्रण गर्न माग गरे ।

सरकारले गरेका गलत निर्णयबिरुद्द स्कुलदेखि विश्वविद्यालय र घरदेखि सडकसम्म संयुक्त र एकल आन्दोलनमा उत्रिएको अहिल छैठौंका महासचिव पुनर पोखरेलले नयां दिशालाई बताए ।

प्रदर्शनमा मन्तव्य बोल्दै अखिल छैठौका कोषाध्यक्ष समष्टि बुढाले विद्यार्थी संगठन नागरिकको वास्तविक आवाज भएको दाबी गर्दै विद्यार्थीको आवाजलाई बन्द गर्न खोजे सरकारलाई महंगो पर्ने चेतावनी दिइन । सीमाविवाद र राष्ट्रियताको सवाल उठाउँदै उनले भनिन् –‘नेपाली भूमिमा रहेको कालापानी भारतीय तीर्थयात्री र व्यापारीका लागि खुला गरिने तर नेपाली जनता र नेपाल सरकारकै पहुँचबाट टाढा राखिनु लज्जास्पद छ ।’

अखिल छैठौंका सचिवालय सदस्य सेवक भट्टराईले लामो इतिहास बोकेका विद्यार्थी सङ्गठनलाई सिध्याएर देशमा वैदेशिक हस्तक्षेप बढाउन खोजिएको आरोप लगाए ।

विद्यार्थी संगठन खारेजीको निर्णय तुरुन्त फिर्ता गर, बढ्दो मूल्यवृद्धि नियन्त्रण गर, भदौ २३ गतेको आपराधिक र भदौ २४ गते देश जलाउने दुवै अपराधीलाई कारबाही गर, विद्यालय शिक्षा ऐन जारी गर, टिओबीलाई प्रतिबन्ध गर, सुकुम्वासीलाई होल्डिङ सेन्टरको नर्कबाट तुरुन्त व्यवस्थापन गर, अमेरिकी युथ काउन्सिल तुरुन्त खारेज गर र सहकारी ठगलाई कारबाही गर लगायतका नारा लगाउंदै अखिल छैठौंमा आवद्द विद्यार्थी प्रदर्शनमा उत्रिएका थिए ।