पढ्दै काम गर्दै गरेका बुटवलका विद्यार्थीले पाए प्रमाण

बुटवल, असार २२ गते । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको पढाइसंगै रोजगार कार्यक्रम अन्तर्गत काम गरेका विदार्थीलाई प्रमाण पत्र ििवतरण गरिएको छ ।

गत जेठ ३० गतेदेखि पढाइसंगै रोजगार कार्यक्रम अन्तर्गत काम गरेका २ सय विद्यार्थीलाई बुटवल उपमहानगरपालिकाले काम गरेको प्रमाणपत्र वितरण गरेको हो । नगर प्रमुख खेलराज पाण्डे र उपप्रमुख साविधादेवी अर्यालले विद्यार्थीलाई प्रमाउापत्र वितरण गरेका थिए ।

बुटवल क्याम्पसहित विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत एक सय जना विद्यार्थीले ट्राफिक व्यवस्थापनका लागि सडकमा खटिएका थिए । त्यस्तै अन्य एक सय जना विद्यार्थी राजश्व व्यवस्थापनमा खटिएका थिए ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको प्राविधिक सहयोगमा यो कार्यक्रम गरिएको थियो ।

कार्यक्रम अन्तर्गत सडकमा खटिने विद्यार्थीलाई ट्राफिक नियम, सडक सुरक्षा, सवारी चालक र पैदलयात्रीसँग गरिने व्यवहार तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सतर्कताबारे विशेष प्राविधिक प्रशिक्षण दिइएको थियो ।

ट्राफिक प्रहरीको प्रत्यक्ष निगरानी र मार्गनिर्देशनमा यी विद्यार्थीले बुटवलका मुख्य चोकदेखि, क्रसिङ र बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग पुराएका थिए ।

प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले विभिन्न क्याम्पसहरुमा पढ्दै गरेका विदार्थीलाई केही आर्थिक सहयोग पुग्ला र बुटवललाई केही व्यवस्थापन गर्न सकिएला भनेर यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

पढाइसँगै रोजगार कार्यक्रम प्रभावकारी भएको बताउंदै विद्यार्थीलाई रोजगारसंग जोड्ने र उनीहरुलाई श्रम गरेर जीवन जिउने बानीको विकास गर्न यो कार्यक्रम सहयोग पुराएको बताए । नगर प्रमुख पाण्डेले ययो कार्यक्रम बुटवलमा मात्रै सञ्चालन भएको आगमी दिनमा पनि निरन्तरता दिने प्रतिबद्दता जनाए ।

बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालले देख्खा यो कार्यक्रम सानो र छोटो अवधीको भएपनि यसले समाजमा सकरात्क सन्देश दिएको बताइन ।

उनले पढाइसँगै रोजगार कार्यक्रम विद्यार्थीका लागि लागि सिकाइ र व्यवहारिक शिक्षा भएको बताउंदै उनले भनिन् ऊर्जावान् जनशक्ति सडकमा गएर काम गर्दा सबैका लागि राम्रो भयो । यसलाई निरन्तरता दिनुपर्छ ।

बुटवल उपमहानगरपालिका रोजगार प्रवद्र्धन शाखा प्रमुख अरविन्द पाण्डेलले कार्यक्रमको उद्देश्य र औचित्यबारे बताउंदै विद्यार्थीमा काम गर्नुपर्छ भन्ने भावनाको विकास भएको बताए ।

पढाइसंगै रोजगार कार्यक्रम अन्तर्गत काम गरेका विदार्थीले अहिले दिएको पारिश्रमिक कम भएकाले अब हुने कामका लागि श्रम ऐन अनुसार तलब भत्ता दिन बुटवल उपमहानगरपालिकासंग माग गरेका छन् ।