कार्यदलबाट अलग भए चार दल

बुटवल, असार २३ गते । कार्यदेशप्रति असहमति जनाउंदै कार्यदलबाट अलग हुने चार दलले निर्णय गरेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले संयोजकलाई संयुक्त पत्र बुझाउँदै कार्यदलबाट अल भएको जानकारी गराएका छन् ।

संविधान संशोधनका लागि सरकारले गठन गरेको बहसपत्र तयारी कार्यदलको प्रक्रिया, कार्यादेश र उद्देश्यप्रति गम्भीर असहमति जनाउँदै चार दलले कार्यदलमा सहभागी हुन नसक्ने निर्णय गरेका हुन् ।

राजमोका मनोज भट्ट, नेकपाका देव गुरुङ, लोसपाका लक्ष्मण लाल कर्ण र जसपाका डा. सुरेन्द्र झांले हस्ताक्षर गरी संयुक्त विज्ञप्तीसमेत जारी गरेका छन् ।

संयुक्त पत्रमा कार्यदल गठन भएदेखि नै बहसपत्रको औचित्य, वैधानिकता र कार्यक्षेत्रबारे पटक–पटक प्रश्न उठाइएको भए पनि सरकारले अहिलेसम्म स्पष्ट जवाफ नदिएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।