महिला फुटसल प्रतियोगिताको उपाधि स्वास्थ्यकर्मीको हातमा

बुटवल, पुस १० । दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि स्वास्थ्यकर्मी महिलाले जितेका छन्। शनिबार बुटवलको देवीनगरमा भएको प्रतियोगितामा ११ समूहलाईपछि पार्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मी महिलाहरुले उपाधी जितेका हुन् । फाइनल खेलमा उनले बुटवल उपमहानगरपालिकाका कर्मचारी महिलालाई पेनाल्टीमार्फत हराएका थिए।। विजेताले उपाधिसंगै नगद १० हजार नगद, शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा कर्मचारी महिलाले दोस्रो स्थान हासिल गरेका छन्।उपविजेता बुटवल उपमहानगर पालिकाका कर्मचारीले उपमहानगरले नगद ५ हजार रुपैया नगद शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।प्रतियोगितामा सर्वोकृष्ट खेलाडी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी महिलाको तर्फबाट मुना दर्लामी र सोही टिमबाटै उत्कृष्ट किपर विपना भण्डारी भए। यस्तै सर्वाधिक गोलकर्ता किसान समूह सैनामैनाबाट सुनिता चौधरी, सर्कोकृष्ट डिफेन्डर बुटवल उपमहानगरकी कर्मचारी महिला कमला विक भइन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराइन।
महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्ति बुटवलले महिला शसक्तिकरणका लागि खेल भन्ने नारासहित महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एकल महिला, सञ्चारकर्मी, कृषक समूह ,स्वास्थ्यकर्मी,व्यवसायी,किशोरी, द्धन्द्ध पीडित लगायत १२ महिला समूहको सहभागिता रहेको थियो। सहभागी टिमलाई रेडियोका अध्यक्ष खेमकुमारी पोखरेल र खेल संयोजक अमृता अनमोलले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता रेडियो मुक्तिकी अध्यक्ष खेमकुमारी पोखरेलको अध्यक्षता,बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता र स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा भएको थियो। त्यसैगरी प्रतियोगितामा निरज गुरुङले रेफ्रि र दीपक न्यौपानेले खेल सञ्चालक तथा उदघोषकको भूमिका निर्वाह गरेका थिए।