देशका लागि जागौ

अब फेरी मेरो देशका सारा गोर्खाली छिट्टै जागौं,
मधेशी पहाडी र हिमालका हिमाली छिट्टै जागौं।
बिदेशी आउँनथाल्यो बन्दुक बोम लिएर देशमा,
ढीलो नगरौं देश भित्र अबको पाली छिट्टै जागौँ।
अध्यायन गर अनि छातिमा हात राखेर भनिदेउ,
आउ अब यही रन बनलाई खंगाली छिट्टै जागौं।
एम सीसी पास भएपनि संघियता पास भएपनि,
देशको हितमाछैन मेची र महाकाली छिट्टै जागौंँ।
देश रहेपछि राजनीति गरौंला हामिसबैले देशमा,
अबकै पाली उठाउ बञ्चरा कोदाली छिट्टै जागौं।
कलम कागत हुनेले लेखौं झुठ बोल्नेलाई छेकेर,
केही नहुँनेले अब मैदानमा हाम्फाली छिट्टै जागौं
शंघर्षको शंखनाथ भएकोछ आंधिवैरी उठाउँला,
आन्दोलनको स्वागतमा बजाउ ताली छिट्टै जागौं।
जुन जोगी आएपनि काननै चिरेको देखिन्छ सधै,
संसदीय यो ब्यबस्थानै रैछ धेरै जाली छिट्टै जागौंँ।
हामिलेदेश छाडेपछी बढ्यो बिदेशीकै अतिक्रमण,
अबको पालो युवाहरू नझर्नु ओराली छिट्टै जागौं।
सुरेशकुमार पान्डे २०७८ फागुन १९ गते।