कांगे्स र माओवादीबाट घात भयो – राजमो रुपन्देही

राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा ८१ जना उम्मेदवार उठायो

बुटवल,बैशाख१५गते।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले रुपन्देहीबाट ८१ जना उम्मेदवार उठाएको छ । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा राष्ट्रिय जनमोर्चाले विभिन्न स्थानीय तहहरुमा गरी ८१ जना उम्मेदवार उठाएको हो । पांच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा गठबन्धनबीच सहमति कायम हुन नसकेकाले सबै ठाउंमा उम्मेदवारी दिन सम्भव नभएको सो पार्टीका नेताहरुले बताएका छन् । सबै स्थानीय तहमा उम्मेदवारी सजिलै दिन सक्ने सम्भावना थियो, गठबन्धनमा इमान्दारिता देखाउनाले हाम्रो इमान्दारिताको कांगे्रस र माओवादीले फाइदा लिंदा सबै ठाउंमा उम्मेदवारी दिन समय नपुगेको राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीले बताए ।चुनावी सहमतिका लागि कांगे्रस र माओवादीले ठूलो घात गरेकाले सम्भव भएका ठाउंमा मात्र उम्मेदवारी दिइएको र धेरै ठाउंमा उम्मेदवारी दिन नसकिएको टानबहादुर केसीले बताए ।संौमैना नगरपालिकामा बिहान सहमति भएपनि दिउस उम्मेदवारी दिने जानेबेला तपाईहरुलाई मिलाउन सकिएन भन्दै कांगे्रस र माओवादीले बैमानी गरेपछि राष्ट्रिय जनमोर्चा सम्भव भएको वडा र नगरप्रमुखमा मात्र उम्मेदवारी दिएको थियो । रुपन्देहीमा गठबन्धन भाड्ने प्रमुख हात कांगे्रसको र राष्ट्रिय जनमोर्चालाई गठबन्धबाट बाहिर गराउने प्रमुख हात माओवादीको रहेको राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीको भनाइ छ । पांच दलीय गठबन्धनबीच बैठक बस्न पनि आनाकानी गरिरहेका कांगे्रस र माओवादीका कारण रुपन्देहीका १६ वटै स्थानीय तहमा राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । रुपन्देहीका ११ वटा स्थानीय तहमा संगठन मजबुत भएको हाम्रो पार्टीलाई गठबन्धनबाट बाहिर गराउंदा गठबन्धनलाई नै घाटा हुने राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको तर्क छ । कांगे्रस र माओवादी बीचमा मात्र चुनावी तालमेल भएको रुपन्देहीमा अन्य गठबन्धन भित्रका अन्य तीन दल अहिले रुष्ट छन् । गठबन्धनबीच सहमति गरेर जाने भन्दा भन्दै मनोनय दर्ता गर्दाको बिहानसम्म सहमतिको आधारमा जाने भरेर सहमत भएका कांगे्रस र माओवादीले मनोनयन दर्ता गर्ने बेला धोक्का दिएपनि हामीले ८१ जना उम्मेदवारको मनोनयन गर्न सकिएको अध्यक्ष बद्रे आलमले बताए ।
राष्ट्रिय जनमोर्चा जिल्ला रुपन्देहीका उम्मेदवारहरुको नामावली
बुटवल उपमहानगरपालीका
प्रमुख  – कृष्ण प्रसाद पोखरेल
उप प्रमुख – रेनुसिंह क्षेत्री
वडा नं  –२
अध्यक्ष  – केशर बहादुर घर्ती
महिला सदस्य  – कमला राना
दलित महिला सदस्य – भीमकली सुनार
सदस्य  –ललित वि.क.
सदस्य  – लाल ब. बुढाथोकी
वडा नं ४
अध्यक्ष  – जीत बहादुर वि.क.
वडा नं. ६
अध्यक्ष – मुक्तिराज सापकोटा
सदस्य – मेघ बहादुर जी.सी
वडा नं ७
अध्यक्ष – इश्वरी प्रसाद सापकोटा
वडा नं. ८
अध्यक्ष – शशी राम शर्मा
सदस्य –राम प्रसाद पाण्डे
वडा नं. ९
अध्यक्ष  –प्रकाश पोखरेल
वडा नं. ११
अध्यक्ष ः कृष्ण बहादुर सुनार
सदस्य ः शेर बहादुर थापा
वडा नं. १२
अध्यक्ष  –भोलानाथ भूसाल
महिला सदस्य  – शान्ति सापकोटा
सदस्य  – विश्णुमाया वेलवासे
सदस्य  – डिल बहादुर थापा
वडा नं १३
अध्यक्ष – वेद प्रसाद भूसाल
महिला सदस्य  – सुनिता थापा
सदस्य  – विष्णु राना
वडा नं १५
अध्यक्ष  –प्रेम प्रसाद अचार्य
महिला सदस्य  – विमला खड्का
सदस्य  – चन्द्र व. छन्त्याल
सदस्य –नन्दलाल आचार्य
जम्मा प्रतिनिधि संख्या ः २७
प्रमुख – १
उप प्रमुख  –१
अध्यक्ष  – १०
महिला सदस्य  – ४
दलित महिला सदस्य – १
सदस्य – ७
सदस्य – ३
तिलोत्तमा नगरपालिका
प्रमुख –रुकबहादुर पराजुली
उप प्रमुख – शान्ता जीसी पौडेल
वडा नं. १
अध्यक्ष – लालचन्द पन्थ
महिला सदस्य – विष्णु कुमारी पराजुली
दलित महिला सदस्य – दिल माया दर्जी
वडा नं २
अध्यक्ष – हर्क बहादुर टण्डन
सदस्य  –रेशम घिमिरे
वडा नं ३
अध्यक्ष ः मीनु थापा
महिला सदस्य ः खैरा काउचा
दलित महिला सदस्य ः सरीताकली सार्की
सदस्य ः नगेन्द राज श्रीनेत
सदस्य ः वविता सोमै मगर खासु
वडा नं ४
अध्यक्ष – यम बहादुर दमै
महिला सदस्य – राज कुमारी नेपाली
दलित महिला सदस्य – सरीता नेपाली
सदस्य –चन्द्रि नेपाली
सदस्य – अर्जुन घर्ती मगर
वडा नं ८
अध्यक्ष – जंग बहादुर के.सी.
महिला सदस्य  –कमला पौडेल
सदस्य – उमा कान्त न्यौपाने
सदस्य – नारायण पाध्या
वडा न. ११
अध्यक्ष – कविराज गीरी
दलित महिला सदस्य –सरद कुमारी सुचिकार
वडा नं १४
अध्यक्ष – नर बहादुर थापा
महिला सदस्य – सिता थापा
दलित महिला सदस्य –तुलसा वि.क.
सदस्य –चन्दा थापा
सदस्य – खिम बहादुर सुनार
जम्मा प्रतिनिधि संख्या २८
प्रमुख – १
उप प्रमुख – १
वडा अध्यक्ष – ७
महिला सदस्य
दलित महिला सदस्य
सदस्य  –
सदस्य –
सिद्धार्थ नगरपालिका
प्रमुख – हिरालाल धामी
उप प्रमुख – दुर्गा शर्मा आचार्य
वडा नं ६
अध्यक्ष –कविराम भट्टराई
वडा नं ९
अध्यक्ष – श्यामराज कुर्मी
महिला सदस्य – रेनुका सुवेदी क्षेत्री
सदस्य – सगीर आलम
वडा नं १२
अध्यक्ष – भिमबहादुर क्षेत्री सुवेदी
जम्मा प्रतिनिधी ७
वडा अध्यक्ष – ३
४) सैनामैना नगरपालिका
प्रमुख – जयश्वर रेग्मी
वडा नं १
अध्यक्ष – हरिबहादुर राहडी
वडा नं ४
अध्यक्ष – जीवलाल भट्राइ
जम्मा ३
३) कञ्चन गाउँपालिका
प्रमुख  – लिला बल्लव खनाल
उप प्रमुख  – उमा थापा
वडा नं १
अध्यक्ष – खडक जी.सी
सदस्य – तुलसीराम शर्मा
सदस्य – लालुराम पाण्डे
वडा नं २
अध्यक्ष – छविलाल जैशी
वडा नं ३.
सदस्य – खोपबहादुर मगर
वडा नं ४
सदस्य – सन्त बहादुर वि.क.
जम्मा मनोनयन दर्ता प्रतिनिधि संख्या ः ८
४) देवदह नगरपालिका
प्रमुख –मुक्तबहादुर मगर
वडा नं ३
अध्यक्ष – गंगा बहादुर थापा
वडा नं ८
अध्यक्ष – हरि बहादुर के.सी.
महिला सदस्य – धन कुमारी थापा
दलित महिला सदस्य – उजली वि.क.
सदस्य – तारा थापा
सदस्य – भूवन थापा
जम्मा मानोनयन दर्ता प्रतिनिधि संख्या ६
५) सियारी गाउँपालिका
वडा नं ६
सदस्य ः मोहन बहादुर सार्की
जम्मा मनोनयन दर्ता प्रतिनिधि संख्या १
जिल्लाभरको मानोनयन दर्ता प्रतिनिधि जम्मा संख्या ८१