बामदेवको राष्ट्रिय एकता अभियानले रुपन्देही ३ मा गठबन्धनलाई समर्थन गर्ने प्रतिबद्दता

बुटवल, कार्तिक २६ गते । बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान रुपन्देहीले रुपन्देही क्षेत्र नम्बर ३ मा पांच दलीय गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्ने भएको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी उक्त अभियानका उपाध्यक्ष महेन्द्र अर्यालले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको कांग्रेस र गृहमन्त्री खंँणलाई सहयोग गर्ने निर्णय भएको बताए ।
उक्त पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गर्नुभएका खांण र कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीति अनुसार यसपटक क्षेत्र नम्बर ३ मा सहयोग गरिने बताए ।
क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको बताउंदै उक्त मत खाँणको पक्षमा दिने प्रतिद्दता जनाए ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बालकृष्ण खांणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने गृहमन्त्री खांणले बताए ।