रुपन्देहीको तिलोत्तमा क्रिकेट रंगशाला बन्ने

 बुटवल, जेठ २९ गते । रुपन्देहीको तिलोत्तमा क्रिकेट स्टेडियम निर्माण हुने भएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको तिलोत्तमा सोमबार शिलन्यास गरिएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा शिलन्यास गरिएको उक्त क्रिकेट मैदान नेपालमा निजी क्षेत्रको लगानीमा पहिलो क्रिकेट स्टेडियम हो ।
उक्त एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको सोमबार एक विशेष कार्यक्रमका साथ तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांणले शिलन्यास गरेका हुन् ।

नगरपालिकाको वडा नम्बर १७ स्थित पूर्व दरखसवामा गुल्मीका बिनोद कुवंर र सुदिक्षा गौतमले नीजि लगानमा क्रिकट मैदान बनाउन लागेका हुन् ।

दुई वर्ष अघि पौने ५ बिगाह जग्गा खरिद गरी क्रिकेट मैदान निर्माणका लागि प्रक्रिया थालिएकोमा अहिले उक्त कार्य अगाडी बढेको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैया लाग्ने एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुंवरले जानकारी गराएका छन् ।
उक्त क्रिकेट रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बनाइने र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्ष भित्र २५ हजार दर्शक अटाउने क्रिकेट रंगशाला बनाइने निर्देशक बिनोद कुंवरले जानकारी गराए ।

नीर्देशक कुंवरका अनुसार एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्युट हो। सिड्नीमा यसको कार्यलयमा १५ जना कर्मचारी रहेका छन्। यसको क्यानबेरा, ब्रिसवेन, मेलवर्नमा फ्रेन्चाइज रहेको छ। काठमाडौंको सुविधानगरमा यसको नेपाल शाखा रहेको छ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई उक्त क्रिेकट रंगशाला बनाउने पूर्ण जिम्मेवारी दिईएको छ ।

रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने योजना हनुसार क्रिकेट रंगशाल बनाइदै छ ।
सोमबार शिलन्यास कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांणले क्रिकेट रंगशाला निर्माणका लागि नगरपालिका र आफ्नो व्याक्तिगत साथ सहयोग रहने प्रतिवद्वता जनाएका छन् ।

एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुंवरले सरकारलाई सहयोग गर्ने गरी क्रिकेट रंगशाला बनाउन लागिएको र स्थानीयदेखि सबैको साथ सहयोग आवश्यक पर्ने भएकाले सहयोग गर्न आग्रह गरेका छन् ।

पूर्व क्रिकेट खेलाडी शक्ति गौचनले यो क्रिकेट रंगशाला समयमा सम्पन्न गर्ने गरी आफ्नो जिम्मेवारी पुरा गर्ने र अब क्रिकेट क्षेत्रको विकासले गतिलिने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरी, सिद्वार्थनगर नगरपालिकालकी उपमेयर उमा अधिकारी, एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिर सुदिक्षा गौतम, खेलकुंद विकास परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईलगायतले बोल्दै क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।
एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुंवरको अध्यक्षता, कमल आचार्य र सविना कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।