लायन्स क्लब अफ सैनामैना बोलबममा पदहस्तान्त्रण

बुटवल, असार २३ ।
रुपन्देहीको सैनामैनामा क्रियाशील अन्तर्राष्ट्रिय क्लब लायन्स क्लब अफ सैनामैना– बोलबमले लायन बर्ष– २०२१÷०२२ का लागि लायन जे.बि.क्षेत्रीको नेतृत्वमा निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्त्रण गरिएको छ ।

बुधबार एक कार्यक्रमबीच नव निर्वाचितहरुलाई पदहस्तानत्रण गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रियको नियम अनुसार जुलाई–१ देखि औपचारिक रुपमा कार्यकाल सुरुहुने उक्त कार्यसमितिमा क्षेत्रीको नेतृत्वको आई.पि.पि.मा लायन हरि प्रसाद पोखरेल,प्रथम उपाध्यक्ष लायन खमबहादुर खत्री, द्वितिय उपाध्यक्ष लायन कृष्ण कुँवर , तृतिय उपाध्यक्षमा लायन सुशीला शर्मा, सचिवमा लायन राधा सिञ्जाली र कोषाध्यक्षमा लायन मोति न्यौपाने रहनुभएको छ।

यसैगरि लायन केदार कार्की सह–सचिब, लायन लाल बहादुर बि.के.सह– कोषाध्यक्षका साथै लायन्सहरु श्रीप्रसाद भट्टराई, कृष्ण ज्ञवाली, कृष्ण खनाल, धनकला बेलबासे, कुमबहादुर सार्की एबं कोषराज बस्नेत समेत बिभिन्न भुमिकामा रहेको नब निर्वाचित अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

कार्यक्रममा प्रतिबद्दता मन्तब्य ब्यक्त गर्दै अध्यक्ष क्षेत्रीले क्लवलाई बिपन्नको सहाराका रुपमा स्थापित गराउनमा क्रियाशिल रहने बताउँदै नगरपालिका भित्रका बिभिन्न संघसंस्थासित समन्वय स्थापित गर्दै सामाजिक कार्यमा क्रियाशिल रहने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

विगत ६ बर्ष अगाडीदेखि सामाजिक क्षेत्रमा क्रियाशील क्लबले हालसालैसैनामैना ७ र पाल्पाको झिंगामारामा गरि करिब ३ सय बढी बिपन्न परिवारलाई न्यानो कपडा बितरण गरेको थियो । त्यस्तै क्लवको तर्फबाट सैनामैनामा सञ्चालित अस्थाई कोभिड अस्पत्ताललाई रु ४० हजार आर्थिक सहयोग गरिएको थियो ।