लायन्स क्लब अफ सैनामैना–बोलबमद्वारा खेल मैदानमा वृक्षरोपण
बुटवल, असार २८ ।
रुपन्देहीको सैनमैना नगरपालिकामा क्रियाशील लायन्स क्लब अफ सैनामैना–बोलबमले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमिको मैदान परिसरमा वृक्षरोपण गरेको छ । जुलाई महिनाको ग्रो ग्रीन कार्यक्रम अन्तरगत सोमबार सैनमैना–४ स्थित पर्रोहा माध्यामिक विद्यालयको स्वामित्वमा क्रिकेट मैदानको परिसरमा वृक्षरोपण गरिएको हो ।
टिक, अमला र बेलका गरी १ सय ७५ वटा बिरुवा रोपिएको क्लबका अध्यक्ष लायन जेबी क्षेत्रीले जानकारी गराउनुभयो । वृक्षरोपण कार्यक्रममा बोल्दै पर्रोहा माध्यामिक विद्यालयका अध्यक्ष रामप्रसाद अधिकारीले क्लबले बिगतका बर्षहरुमा आयोजना गरेको बिभिन्न कार्यक्रमहरुको स्मरण गर्दै क्लबको गो ग्रीन कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रियस्तरको क्लवलाई समाजमा थप क्रियाशील बनाउन आग्रह गर्नुभयो । रेडक्रस सर्कल लुम्बिनी प्रदेशका महासचिव किरण पंगेनीले पर्याबरणको संरक्षमा लायन्स क्लव अफ सैनामैना–बोलबमको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
क्लवकी सचिव सचिव लायन राधा सिन्जालीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा पर्रोहा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख चित्रबहादुर के सी, एकेडेमिका अध्यक्ष तिलब केसीसंगै क्लबका बिभिन्न पदाधिकारीहरु एबम् आदर्श युबा क्लबका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।
क्लवमा अध्यक्ष जेवि क्षेत्रीले आफु नेतृत्व अन्तर्राष्ट्रिय स्तरको क्लवको गरिमालाई उचो बनाउन सबैसंग सहकार्य गरी सामाजिक क्षेत्रमा थप क्रियाशील हुने प्रतिवद्वता जनाउनु भएको छ । यसैगरि सैनामैना–४ नयां बस्तिमा रहेको आदर्श युबा क्लबद्वारा फुटवल खेलमैदानको परिसरमा बिभिन्न प्रजातिका ५० बढि बिरुवा रोपिएको छ ।