सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सरकारसंग माग

काउन रुपन्देही अध्यक्षमा शूर्यदेव दास

श्यामलाल पोखरेल बुटवल, साउन २७ ।  असंगठित क्षेत्रका मजदुरहरुको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सरोकारवालाले सरकारसंग माग गरेका छन् । सामाजिक र आर्थिक रुपमा श्रमिक वर्गको सुरक्षका लागि तत्काल सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरुको माग छ ।

नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ रुपन्देहीको बुधबार सम्पन्न २० औं वार्षिक परिषद् चौथौ अधिवेशनमा बोल्ने सहभागिहरुले श्रमिक वर्गको हितमा कार्यक्रम ल्याउन सरकारसंग माग गरेका हुन् । निर्माणको क्षेत्रबाट सदियौदेखि राज्य, सरकारलाई ठूलो सहयोग गर्र्दै आएको श्रपमिक वर्ग अहिलेपनि राज्य र सरकारबाटै उपेक्षित रहेको सरोकारवालाहरुको गुनासो छ ।

कार्यक्रममा बोल्दै नेपाल सम्बद्व श्रमिक संघका केन्द्रिय अध्यक्ष जेवी गुरुङले सामाजिक सुरक्षा कार्यक्रम लक्षित वर्गसम्म नपुगेको बताए । श्रमिक वर्गका समस्यालाई सम्बोधन गर्नुपर्ने र त्यसका लागि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने केन्द्रिय अध्यक्ष गुरुङको भनाइ छ । उनले सरकारले मजदुर वर्गको पक्षमा सामाजिक सुरक्षा कार्यक्रम लागु नहुंदा श्रमिक वर्ग सामाजिक र आर्थिक रुपमा अपहेलित हुनु परेको बताए ।

काउनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओमप्रका चौधरीले समाजले मजदुर वर्गलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन नसकेकोप्रति चिन्ता गरे । असंगठित क्षेत्रका मजदुहरुले विरामी हुंदा र दुर्घटनामा परेको बेलामा पनि उपचार गराउन नसकेर ज्यान गुमाउनु परेको बताए । नेपाल टे«ड युनियन कांगे्रसका लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्णप्रसाद बेलवासे सामकाजिक सुरक्षा कार्यक्रम कार्यान्यन भएका श्रमिक वर्गले राहत पाउने बताउंदै श्रमको सम्मान गर्नुको विकल्प नभएको बताए ।

काउनका केन्द्रिय सदस्य नारायण सुनारले असंगठित क्षेत्रका मजदुहरुले विरामी हुंदा र दुर्घटनामा परेको बेलामा पनि उपचार गर्न नसकेर ज्यान गुमाउनु परेको अवस्था अहिले पनि कायमै रहेकोप्रति चिन्ता व्यक्त गरे । काउन बुटवलका निर्वमान अध्यक्ष शूर्यदेव दासले सधैभर काम गरेर साझ बिहान गुजार चलाउने श्रमिक वर्गको जीवनमा परिवर्तन आउन नसकेको बताए ।

कार्यक्रममा काउन महिला लुम्किनी प्रदेश उपाध्यक्ष बेचुकुमारी चौधरी, काउन रुपन्देही निर्वतमान अध्यष सुशील घिमिरे, काउन सैनामैना अध्यक्ष पिताम्बर न्यौपाने लगायतले बोलेका थिए । काउन रुपन्देही अध्यक्ष बिरबहादुर लामाको अध्यक्षता र कृष्णप्रसाद चौधरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

बुधबार सम्पन्न चौथौ अधिवेशनले शूर्यदेव दास अध्यक्ष रहेको जिल्ला काउन रुपन्देहीको नयां नेतृत्व चयन गरेको निर्वाचन समितिका प्रमुख खिमानन्द भट्टराइले जानकारी गराए । समितिको उपाध्यक्षमा हिराबहादुर थापा, महिला उपाध्यक्षमा महिनी चौधरी थारु, सचिवमा सोम थापा र कोषाध्यक्षमा नरसिंह राव निर्वाचित भएका छन् ।

त्यस्तै सहसचिवमा इन्द्रज चौधरी, महिला सदस्यमा शारदा थारु निर्वाचित भएकी छन् । त्यसै गरी सदस्यहरुमा भरत चौधरी र हतिष धोवी निर्वाचित भएका छन् । अन्य चारजना सदस्यपछि मनोनित गरिने र नवनिर्वाचित समितिले कृष्ण चौधरीलाई जिल्ला काउन रुपन्देहीको सल्लाहाकारमा चयन गरेको छ ।