बुटवलको राष्ट्रिय औधोगीक प्रदर्शनीमा मनोरञ्जनात्मक कार्यक्रम प्राथामिकता
एक लाख ११ राशिको प्रदर्शनी आइडल

बुटवल, मंसिर २४ गते । रुपन्देहीउद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनीप्रदेश उद्योग परिसंघ संगको संयुक्त आयोजनामा आगमी पुस ७ गतेदेखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको आयोजना गरिएको छ ।
उक्त महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमहरूलाई विशेष प्राथामिकता दिइएको छ ।
प्रदर्शनी आयोजक रूपन्देही उद्योग संघले प्रदर्शनी स्थलमा औद्योगिक वस्तुहरुको अवलोकन गर्ने प्रवन्ध मिलाइने छ ।
कलाकारहरूलाई जमघट गराई अवलोलक गर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गराउने योजना वनाएको प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव हरिबहादुर खत्रीले बताए ।
सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मोहनीलाल रिजालले प्रदर्शनी अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुती रहने जानकारी दिए ।
त्यसैगरि प्रदर्शनीमा लोक संस्कृतिलाई जोगाउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता, अन्तर विद्यालयलोक नृत्य प्रतियोगिता, अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजनसमेत राखिएको छ ।
लोक दोहोरी प्रतियोगितामा विजेताले ७५ हजार ५५५ रुपैयां प्राप्तगर्नेछन भने दोस्रो हुनेलाई ३७ हजार ५५५ रुपैयां पुरस्कारको व्यवस्था छ ।रुपन्देही उद्योग संघले सुरुवात गरेको नयां कलाकार उत्पादन गर्न प्रदर्शनी आइडल प्रतियोगितालाई पनि यस पटक निरन्तरतादिने निर्णय गरेको छ ।

प्रदर्शनी आइडलको छैटौं सिजनको विजेताले १ लाख ११ हजार १११ प्राप्तगर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार पाउने छ ।
प्रदर्शनी आइडलमा विजेता बनेका कलाकार प्रिया भण्डारी, एन्जिला रेग्मीअहिले नेपाली गीत संगितमा सिखरमापुगेका छन् ।
त्यस्तै प्रदर्शनीमानयाँविधाका रुपमाप्रदर्शनी टिकटक हन्ट आयोजना गरिदै छ । संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यम शिलताको विस्तार भन्ने मूल नाराका साथ सञ्चालनहुने प्रदर्शनी पुस १९गतेसम्म चल्नेछ ।
प्रदर्शनीको तयारीको कामहरु भैरहेको प्रदर्शनी मूल आयोजक समितिका सहसंयोजक दिलिप सापकोटाले जानकारी गराउनुभयो ।प्रदर्शनीमा विभिन्न ९ प्याविलियनमाकरिव ४ सय स्टलहरु समावेश गरिने प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारीले जानकारी गराएका छन् ।
भण्डारीकाअनुसार प्रदर्शनी सम्पन्नगर्न ५१ सदस्यियविषेश सल्लाहाकार समिति, १ सय १ सदस्य मुल समिति तथा २ सय ५१ सदस्यीय सल्लाहाकार समिति तथा ३२ वटा विभिन्न उपसमिति निमार्ण गरिएको छ ।
संघले राजधानी काठमाडौ वाहिर प्रथम पटक वि.सं.२०४५ सालमा राष्ट्रिय औद्योगिकप्रदर्शनीको आयोजना गरेको थियो भने २०५३ सालबाट निरन्तर आयोजनागर्दै आएको छ ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










