बुटवलमा औद्दोगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुंदै
महोत्सवको तयारी अन्तिम चरणमा


बुटवल, पुस २ गते । रुपन्देहीको बुटवलमायही पुस ७ गतेदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव हुंदै छ । पुस १५ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन् ।
संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गरिएको हो ।
आयोजक संस्था रुपन्देही उद्योग संघले शनिबार महोत्सव तथा मेलास्थलमा पत्रकार सम्मेलन महोत्सवबारे सम्पूर्ण जानकारी गराएको छ ।
बुटवल मण्डपमा निर्माणाधिन आधुनिक प्रदर्शनी स्थलमा नयां व्यवस्थापन र संरचनामा पहिलो पटक हुन लागेको महोत्सव पुस १९ गतेसम्म चल्ने छ ।
नेपाल उद्योग परिसंघसमेत आयोजना रहेको महोत्सवमा स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गरिएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले महोत्सवमा स्वदेशी उद्योगका उत्पादन प्रदर्शन गरिने र तिनको बजारीकरण गर्र्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।
यस पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले थालेको मेकिङ नेपाल अभियानलाई प्राथमिकताका साथ अगाडि सारिएको अध्यक्ष पौडेलले बताए ।
महोत्सवमा स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न स्वदेशी उत्पादन मात्र समावेश गरिने आयोजकको दावी छ । प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ४५० स्टलहरु रहनेछन् ।
महोत्सवलाई सम्पन्न गर्न अध्यक्ष पौडेलेको संयोजकत्वमा १ सय सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएकोछ ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका,हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल राखिने छ ।
महोत्सवमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोवार हुने आयोजहरुले अपेक्षा गरेका छन् ।
२०४५ सालमा पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी संघले आयोजना गर्दै आइरहेको रुपन्देही उद्योग संघले बताएको छ ।
१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम रहेको छ ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










