देश लुट्न देशी, विदेशी शक्तिहरु सक्रिय – चित्रबहादुर
सागर बेल्वासेको अध्यक्षतमा नयां नेतृत्व चयन


बुटवल, असोज २ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा विदेशी हस्तक्षेप बढेको बताएका छन् । देश लुट्न देशी र विदेशी शक्तिहरु सक्रिय रहेकाले त्यसका विरुद्व एक हुनुपर्ने बताए ।।
अनेरास्ववियु छैठौं रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न १९ औ जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । । राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गरे मात्र देश बन्ने चित्रबहादुरको दावी छ ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले देश बनाउनका लागि विद्यार्थीले सही प्रकारको राजनीति बुझ्नु पर्ने बताए । अहिलेको शिक्षा प्रणाली नै बेठिक भएको चर्चा गर्दै मानिस व्याक्तिवादी र स्वार्थी बन्नमा अहिलेको यो शिक्षा प्रणाली दोषी भएको अध्यक्ष केसीको भनाइ छ ।
हाम्रो शिक्षा व्यवहारिक र बैज्ञानिक नभएको बताउंदै शिक्षा प्रणाली बेठिक भएकै कारण दक्ष जनशक्ति विदेश पलाएन हुने गरेको बताए । उनले पाठ्यक्रम अध्ययनसंगै देश विद्यार्थीले राजनीतिले राजनीतिमा चासो दिनुपर्ने बताए ।
विद्यार्थीले राजनीति सिकेबुझेमा आजको विद्यार्थी भोलीको असल र स्वाभिमान नेपाली बन्न सक्ने अध्यक्ष केसीको तर्क छ । उनले भ्रष्टाचार, शोषण दमन, अन्यायको अनत्यका लागि पनि विद्यार्थी राजनीतिबाट टाढा हुनै नहुने बताए ।
अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवंरले नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बताए । अहिलेको शिक्षा प्रणालीको अनत्य गरी बैज्ञानिक र जनवादी शिक्षा प्रणाली आवश्यक रहेको बताउंदै विद्यार्थी देशको सचेत वर्ग भएकाले विद्यार्थीलाई सही प्रकारको राजनीतिमा सामेल गराउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका चन्द्रबहादुर केसी, जातीय समता समाजका राजेश विश्वकर्मा, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, अखिल नेपाल महिला संघ रुपन्देही अध्यक्ष भानु केसी, अखिल नेपाल युवक संघका रुपन्देही अध्यक्ष हरि योगी, अखिल नेपाल जनजाती सम्मेलनका नारायण पुन, अखिल छैठौंका पूर्व जिल्ला अध्यक्ष प्रकाश जीसी, गणेश थापा, लगायतले बोलेका थिए ।
अखिल छैठौं रुपन्देहीका अध्यक्ष सरोजमान सिंहको । सागर बेल्वासेको सञ्चालन र मिलन परियारको स्वागतमा कार्यक्रम भएको थियो । १९ औं जिल्ला सम्मेलनबाट सागर बेल्वासेको अध्यक्षतामा ११ पूर्ण र ४ बैकल्पिक गरी १५ सदस्य अखिल छैठौं रुपन्देही गठन गरिएको छ । जसको उपाध्यक्ष कुलचन्द्र शर्मा, सचिव मिलन परियार, सहसचिव टेकराज भुसाल, कोषाध्यक्ष विमल खरेल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा अफ्ताफ आलम, दिवा विक, सागरजंग क्षेत्री, क्षितिज क्षेत्री, त्रिसना श्रीनेत र शितल केसी रहेका छन् । त्यस्तै बेकल्पिक सदस्यमा लक्ष्मण बञ्जाडे, कल्पना क्षेत्री, सचिन परियार र अभिनाष खड्का रहेका छन् । त्यस्तै सरोजमान सिंह, अशोक शर्मा, सन्तोष केसी रहेको सल्लाहाकार समितिसमेत चयन गरिएको छ ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










